दफा ५३
सुराकी, उजूरीकर्ता तथा साक्षीको संरक्षण सम्बन्धी व्यवस्था
(१)सङ्गठित अपराधको सुराकी गर्ने, उजूरी गर्ने वा सूचना दिने व्यक्तिले आफनो परिचय गोप्य राखिदिन अनुरोध गरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित निकायले निजको नाम, ठेगाना लगायत निजको परिचयात्मक विवरण गोप्य राख्नु पर्नेछ ।
(२) सङ्गठित अपराधको मुद्दामा साक्षी रहेको कुनै व्यक्तिलाई अदालत समक्ष उपस्थित हुन वा अदालतमा बकपत्र गरिसके पछि आफ् वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षामा खतरा रहेको छ भन्ने लागेमा निजले सोको कारण खुलाई आप्mनो वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षाको प्रबन्ध गरिदिन अदालत वा प्रहरी समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अदालतमा निवेदन परेको भए अदालतले त्यस्तो साक्षीको सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित निकायलाई आदेश दिन सक्नेछ र प्रहरीमा निवेदन परेको भए सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यलाई सुरक्षा उपलब्ध गराउनु पर्नेछ ।
(४) यस दफा बमोजिम उजूरीकर्ता, साक्षी वा निजको परिवारका सदस्यहरुको संरक्षणको लागि त्यस्ता व्यक्तिको नाम, थर, वतन लगायतका परिचयात्मक विवरणलाई कुनै काल्पनिक वा साड्ढेतिक नाम दिई राख्नु पर्नेछ र अदालतले उपयुक्त ठह¥याएको विवरण तथा मुद्दा सम्बन्धी अभिलेखहरु गोप्य राख्ने वा मुद्दा मामिला सम्बन्धी अभिलेखबाट साक्षीको विवरण बाहेकको अंश मात्र सार्वजनिक गर्ने गरी आदेश दिन सक्नेछ ।
(५) यस दफा बमोजिम उजूरीकर्ता वा साक्षी वा तिनको परिवारका सदस्यहरुको संरक्षणको लागि अदालतले उपयुक्त ठह¥याएका विवरण तथा मुद्दा सम्बन्धी अभिलेखहरु गोप्य राख्ने वा मुद्दा मामिला सम्बन्धी अभिलेखबाट साक्षीको विवरण बाहेकको अंश वा भाग मात्र सार्वजनिक गर्ने गरी आदेश दिन सक्नेछ ।
(६) यस दफा बमोजिम सुराकी, उजूरीकर्ता वा साक्षी संरक्षण गर्ने सम्बन्धमा अपनाइएको कुनै विषयका सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइने छैन ।